थपिए १९५४ नयाँ संक्रमित, उपत्यकामा ८४३ जनामा संक्रमण पुष्टि - pharaksandesh.com

मुख्य समाचार


Thursday 29 October 2020

थपिए १९५४ नयाँ संक्रमित, उपत्यकामा ८४३ जनामा संक्रमण पुष्टि


काठमाडौं,  १३ कात्तिक :
नेपालमा पछिल्लो २४ घण्टामा १९५४ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा ८२४८ जनाको पीसीआर परीक्षण गर्दा १९५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उपत्यकामा मात्रै ८४३ जना संक्रमित भएका छन् । काठमाडौंमा ६९६, भक्तपुरमा २९ र ललितपुरमा ११८ जना संक्रमित भए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९८१ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ७५ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १२१८२४ रहेको छ ।

कोरोनाबाट थप ११ जनाको मृत्यु
देशभर गत २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८८७ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.५ प्रतिशतको ज्यान गएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.