रुपन्देहीमा थप दुई संक्रमितको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Tuesday 27 October 2020

रुपन्देहीमा थप दुई संक्रमितको मृत्यु


रुपन्देही, ११ कात्तिक :
रुपन्देहीमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।

बुटवल कोरोना बिशेष (अस्थायी) अस्पतालमा उपचाररत थप दुई जनाको मृत्यु भएको हो ।

तिलोत्तमा ११ की ५० वर्षीया महिलाको गएराति र बुटवल १३ का ५२ वर्षीय पुरुषको आज बिहान कोरोना बिशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिनुभयो ।

तिलोत्तमाकी महिलाको पीसीआर रिर्पोट हिजो बिहान १० बजे पोजेटिभ आएपछि हिजो नै अस्पताल भर्ना भएकी उनको साँझ मृत्य भएको गौतमले बताउनु भयो ।

बुटवलका पुरुष भने कार्तिक ७ गते रिर्पोट पोजेटिभ आएपछि अस्पताल भर्ना भएका थिए ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.