एकै दिन तीन सङ्क्रमितको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Saturday, 17 October 2020

एकै दिन तीन सङ्क्रमितको मृत्यु


चितवन, १ कात्तिक :
चितवनका विभिन्न अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत दुई जना र चितवन मेडीकल कलेजमा उपचाररत एक जना कोरोना सङ्क्रमितको उपचारका क्रममा आज मृत्यु भएको हो । 

मृतक मध्ये दुई जना चितवनका र एक जना रौतहटका रहेका छन् । भरतपुर अस्पतालमा उपचाररत रौतहटको माधवनारायण वडा नम्बर ७ की ७० वर्षीया महिलाको आज विहान ९ः२५ बजेको समयमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो । गत असोज २९ गते ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई ती महिला आइसोलेसनमा भर्ना भएकी थिइन् । असोज २८ गते सङ्क्रमण पुष्टि भएपछि उनी आइसोलेसनमा बसेकी थिइन् ।

यस्तै आजै भरतपुर अस्पतालमा एक जनप्रतिनिधिको निधन भएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका १२ का नेपाली काँग्रेसका तर्फबाट निर्वाचित वडा सदस्य कोरोना सङ्क्रमित ४१ वर्षीय बद्रीबहादुर पाण्डेको निधन भएको हो । 

चितवन मेडिकल कलेज भरतपुरमा खैरहनी नगरपालिका वडा नम्बर ६ की ६८ वर्षीया सङ्क्रमित महिलाको पनि आज विहान मृत्यु भएको छ । कोभिड सघन उपचार कक्षमा उपचाररत ती महिलाको विहान मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिनुभयो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.