२४ घण्टामा थपिए ३५१७ नयाँ संक्रमित, उपत्यकामा १८८८ जनामा संक्रमण पुष्टि, १६ जनाको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Friday 30 October 2020

२४ घण्टामा थपिए ३५१७ नयाँ संक्रमित, उपत्यकामा १८८८ जनामा संक्रमण पुष्टि, १६ जनाको मृत्यु


काठमाडौं, १४ कात्तिक  :
नेपालमा गत २४ घण्टामा ३५१७ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १४९८९ जनाको पीसीआर परीक्षण गर्दा ३५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उपत्यकामा मात्रै १६१५ जना संक्रमित भएका छन् । काठमाडौंमा १५०८, भक्तपुरमा १३१ र ललितपुरमा २४९ जना संक्रमित भए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४०९६ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १२८९५८ रहेको छ । नेपालमा निको हुनेको दर ७६.७ प्रतिशत रहेको छ ।

कोरोनाबाट थप १६ जनाको मृत्यु
देशभर पछिल्लो २४ घण्टामा १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.