तयार भयो सुनसरी-मोरङ्ग जोड्ने झोलुङ्गे पुल - pharaksandesh.com

मुख्य समाचार


Friday 30 October 2020

तयार भयो सुनसरी-मोरङ्ग जोड्ने झोलुङ्गे पुल


सुनसरी, १४ कात्तिक :
सुनसरीलाई मोरङको ग्रामीण क्षेत्रसँग जोड्ने झोलुङ्गे पुल सञ्चालनमा आएको छ । झोलुङ्गे पुलको शिलान्यास पूर्वमन्त्री लालबाबु पण्डितले गत वर्ष वैशाखमानै गर्नुभएको थियो ।

दुहबी नगरपालिका र बुढीगंगाको सिमामा पर्ने बुढी खोलामा वनाइएको सो पुल स्थानीय कृषकहरुको आवश्यकतालाई मध्यनजर बनाएको हो । पुल १८ महिनामा काम सपन्न हुने गरी निलगिरी निर्माण व्यवसायीसँग २ कारोड ७५ लाख ३९ हजार ८ सय ८९ रुपैयाँमा सम्झौता भएको थियो ।

सुनसरी–मोरङ्ग जोड्ने झोलुङ्गे पुलबाट करिब लाखौंको संख्यामा मोरङ्ग सुनसरीका बुढीगंगा, ग्रामथान, सुन्दहरंैचा , दुहबी, गढी, इनरुवा, इटहरीलगायतको क्षेत्रका जनताहरुले लाभ लिने दुहीव नगरपालिकाका मेयर बेदकुमार गच्छदारले जानकारी दिनुभएको छ ।

तराईको नदीमा पनि झोलुङ्गे पुन निर्माण भएपछि अहिले आन्तरिक पर्यटकको त्यस क्षेत्रमा घुइँचो नै लाग्ने गरेको छ । पुल हेर्न दैनिक सयौ आन्तरिक पर्यटक आउने गरेको स्थानीय मनोज चौधरीले बताउनुभएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.