सहुलियत मुल्यमा खसी–बोका बिक्री सुरु - pharaksandesh.com

मुख्य समाचार


Monday, 19 October 2020

सहुलियत मुल्यमा खसी–बोका बिक्री सुरु


काठमाडौं, ३ कात्तिक :
दशैंका लागि सहुलियत मुल्यमा खसी–बोकाको बिक्री सुरु भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजबाट सहुलियत मुल्यमा खसी–बोका बिक्री सुरु गरेको हो ।

थापाथलीस्थित बिक्री केन्द्रबाट खसी–बोका बिक्री सुरु गरिएको हो ।

कम्पनीले जिउँदो खसी तथा बोका प्रतिकिलो ५६० रुपैयाँ तोकेको छ ।

तोकिएको मूल्यमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर ५ सय ५० रुपैयाँमा खसी–बोका बिक्री शुरु गरिएको कम्पनीले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.