हावा भर्ने क्रममा टायर पड्किएर एकजनाको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Sunday, 11 October 2020

हावा भर्ने क्रममा टायर पड्किएर एकजनाको मृत्यु

सांकेतिक तस्वीर

पर्सा, २५ असाेज :
पर्सामा टायर पङ्कचर बनाउने पसलमा हावा भर्ने क्रममा टायर पड्किंदा एक जनाको मृत्यु भएको छ ।

वीरगंज महानगरपालिका वडा नं. १५ स्थित बाईपास सडकखण्डमा रहेको सञ्चालक विक्रम साह सोनारको पसलमा गाडीमा हावा भर्ने तथा पङ्कचर बनाउने काम गर्दै आएका बारा जिल्ला सिमरा निवासी ३५ वर्षिय ऋषि चौधरीको मृत्यु भएको हो ।

ट्रकको टायरमा हावा भर्दा टायर पड्किएपछि चौधरीको घटनास्थलमै मृत्यु भएको हो । टायर पड्किंदा वरिपरी रहेका केहि पसलहरुमा समेत क्षति भएको छ । चौधरीको शव पोस्मार्टमको लागि नारायणि उपक्षेत्रीय अस्पतालमा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.