करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरण बर्दिबासमा कार्यरत एक कर्मचारीको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Saturday 31 October 2020

करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरण बर्दिबासमा कार्यरत एक कर्मचारीको मृत्यु


महोत्तरी, १५ कात्तिक :
महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर १ मा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण बर्दिवासमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ ।

गौशाला वितरण केन्द्र अन्तर्गत बर्दिवास फ्यूज शाखामा कार्यरत ज्यालादारी कर्मचारी रौतहट पौराह नगरपालिक बसन्पट्टी घर भएका ४५ बर्षीय गौरी पण्डितको मृत्यु भएको हो ।

आज बिहान घर बत्ती विद्युत लाइन मर्मत गर्न पोलमा चढेका पण्डितलाई करेन्ट लागेको हो ।

करेन्ट लागेर गम्भिर घाइते भएका पण्डितको बर्दिवासस्थित बर्दिवास जनसेवा अस्पतालमा उपचार पश्चात थप उपचारको लागि जनकपुर पठाइएको र जनकपुरस्थित जानकी केयर हस्पिटलमा उपचारको क्रममा उनको मृत्यु भएको नेपाल विद्युत प्राधिकरण गौशाला वितरण केन्द्रले जनाएको छ ।

पण्डित वि.स २०६७ सालदेखि ज्यालादारी कर्मचारीको रुपमा कार्यरत थिए ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.