कञ्चनपुरका दुई स्थानमा तीन जनाको शव फेला - pharaksandesh.com

मुख्य समाचार


Saturday 31 October 2020

कञ्चनपुरका दुई स्थानमा तीन जनाको शव फेला


कञ्चनपुर, १५ कात्तिक :
कञ्चनपुरमा शनिबार बिहान ३ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार, कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ मालुमेलाको जंगलमा दुई जनाको शव फेला परेको छ ।

कैलालीको गोदावारी नगरपालिका वडा नम्बर ११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीया सीता साउँदको शव एकैसाथ फेला परेको बताइएको छ ।

घटनास्थल नजिकै सल्फास नामक विषादीको बट्टा समेत भेटिएको र घटनाको विस्तृत अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झलारी र गुलरीयाको टोली परिचालन गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

उनीहरू दुवै जना गत असोज २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेको बुझिएको छ । दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।

त्यस्तै , कञ्चनपुरको महाकाली नदिमा एक युवकको शव फेला परेको छ । भीमदत्त नगरपालिका वडा नम्बर ६ बस्ने २३ वर्षीय सरोज चौधरीको शव भेटिएको प्रहरीले जनाएको छ ।

चौधरी यही कार्तिक ११ गते मंगलबार साथीहरुसँग दोधाराचाँदनी झोलुङ्गे पुल घुम्न गएका बेला नुहाउने क्रममा बेपत्ता भएका थिए ।

मृतक चौधरीको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको प्रहरी प्रवक्ता अमर बहादुर थापा क्षेत्रीले बताउनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.