फ्रान्समा कोभिडका संक्रमित झन् बढे, एकै दिन ५२ हजार थपिए - pharaksandesh.com

मुख्य समाचार


Monday 26 October 2020

फ्रान्समा कोभिडका संक्रमित झन् बढे, एकै दिन ५२ हजार थपिए


फ्रान्स, ९ कात्तिक :
फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या झन् बढेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।उनीहरुले पछिल्लो समयमा कोभिडका संक्रमितहरु झनै बढेको बताएका हुन् । प्राप्त समाचारअनुसार गएको २४ घन्टामा मात्र फ्रान्समा ५२ हजार जनामा कोभिडको संक्रमण भएको पाइएको हो ।

गएको २४ घन्टामा ५२ हजार जनामा कोभिड भएको सोमबार यहाँको पब्लिक हेल्थ एजेन्सीले जनाएको छ । सो एजेन्सीले यहाँ गएको शनिबार मात्र ४५ हजार जनामा नयाँ संक्रमण देखिएको जनाएको थियो भने सोमबार ५२ हजारमा नयाँ संक्रमण भएको पाइएको बताएको थियो ।

यहाँ महामारी सुरु भएदेखि यताको संख्या हेर्दा ११ लाख भन्दा बढीमा यो संक्रमण देखिएको बताइएको छ । उक्त एजेन्सीले फ्रान्समा ११ लाख ३८ हजार जनामा संक्रमण भएको छ । 

यहाँ ३४ हजार जनाभन्दा बढीको यो संक्रमणबाट ज्यान गएको छ । उक्त एजेन्सीले दिएको जानकारी अनुसार यहाँका ३४ हजार ७६१ जनाको यस संक्रमणबाट ज्यान गएको हो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.