इस्लाम धर्मको खिसी गरेको भन्दै फ्रान्सेली राष्ट्रपतिविरुद्ध प्रदर्शन - pharaksandesh.com

मुख्य समाचार


Wednesday 28 October 2020

इस्लाम धर्मको खिसी गरेको भन्दै फ्रान्सेली राष्ट्रपतिविरुद्ध प्रदर्शन


पेरिस, १२ कात्तिक :
इस्लाम धर्मको बाहुल्यता भएका विश्वका विभिन्न राष्ट्रहरुले इस्लाम धर्मको खिसी गरिएको एक घटनालाई फ्रान्सले समर्थन गरेको भन्दै फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंविरुद्ध प्रदर्शन गरेका छन् ।

दुईसाता अघि फ्रान्सको एउटा विद्यालयका एकजना शिक्षकले इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदको नक्कल गरेपछि उनको हत्या भएको थियो। घटनालगत्तै फ्रान्सका केही भवनहरुमा पैगम्बर मोहम्मदको अपमानजनक तस्बिर र चित्रहरु बनाइएपछि फ्रान्सलाइ धर्मविरुद्ध गतिविधिमा कडाइ गर्न इस्लाम धर्म समर्थकहरुले दबाब दिएका हुन । तर राष्ट्रपति म्याक्रोंले बुधबार पैगम्बर मोहम्मदको अपमानजनक कार्टुन प्रकाशित गर्न रोक्नु ,अभिव्यक्ति स्वतन्त्रता बिरुद्ध हुने बताएपछि उहाँविरुद्ध अरब लगायत मुस्लिम बाहुल्य देशमा विरोध प्रदर्शन भई रहेको छ ।

इस्लाम धर्मगुरुको अपमान गरिएको भन्दै पाकिस्तान, बंगलादेश, प्यालेस्टाइन , सिरिया इजिप्ट लगायतका अरव तथा इस्लाम धर्म बाहुल्य देशहरुमा व्यापक प्रदर्शन भएको हो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.