दशैंमा देखिएन चहलपहल - pharaksandesh.com

मुख्य समाचार


Wednesday 28 October 2020

दशैंमा देखिएन चहलपहल


काठमाडौं, १२ कात्तिक :
आश्विन शुक्लपक्ष टीकाको आज तेस्रो दिन द्वादशी । आज पनि आफन्त तथा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाई आशिर्वाद लिने गरिन्छ ।

तर विगतका बर्षहरुमा झै यस वर्ष दशैंमा त्यति उत्साह र चहलपहल भने देखिएन । मान्यजनहरुबाट टीका थाप्न जानेहरु यो वर्ष निकै कम देखिएको छ । कोरोना भाइरसका कारण यस पटकको दशैं घरभित्रै सीमित भएको छ । मान्यजनहरुबाट टीका थाप्ने र आशिर्वाद लिने क्रममा पनि विशेष स्वस्थ्य सावधानी अपनाउने गरिएको छ ।

विजया दशमीको दोस्रो दिन हिजो राजधानीमा आफ्ना मान्यजन तथा आफन्तहरुबाट टीका लगाउन जानेहरुको खासै चहलपहल देखिएन । विगतमा टीकाको दोस्रो दिन टिका लगाउन हिड्नेहरुको भिडभाड हुने राजधानीका सडकहरुमा यो वर्ष भने त्यति चहलपहल थिएन । टीका लगाउनेहरुको आवतजावत कम भएस‌ँगै सार्वजिक यातायातका साधन पनि कमै गुडेका थिए । विजया दशमीको दिनदेखि सुरु भएको दशैंको टीका कोजाग्रत पूर्णिमासम्म लगाउने चलन रहेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.