जग्गा हेर्ने बाहानामा कुटपिट गरी हत्या गर्ने तीन पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 13 October 2020

जग्गा हेर्ने बाहानामा कुटपिट गरी हत्या गर्ने तीन पक्राउ


भक्तपुर, २७ असाेज :
चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने ६१ वर्षीय चन्द्र लामा वाईवालाई जग्गा हेर्ने बाहानामा कुटपिट गरी हत्या गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

७ दिनपछि पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २८ वर्षीय रमेश तामाङ, सिन्धुपाल्चोककै ३७ वर्षीय कामी शेर्पा र ३० वर्षीय प्रेम तामाङ रहेका छन् ।महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले उनीहरुलाई बौद्धबाट पक्रेको र हत्याको मुख्य योजनाकार कामी शेर्पा रहेको बताउनुभयो ।

सुडालमा जग्गा खोज्दै गएका तीन जनाको कुटपिटबाट वाईवाको बिहीबार ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
कुटपिटबाट गम्भीर घाइते वाईवालाई स्थानीयले उपचारका लागि मध्यपुर अस्पताल थिमी लगेकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि ग्रिनसिटी अस्पताल रिफर गरिएको थियो ।

जग्गा देखाउने क्रममा निर्घात कुटेर बेहोस बनाएपछि वाईवाले हातमा लगाएको सुनको ब्रासलेट, सुनको सिक्री र दुई थान मोवाइल लिएर उनीहरु फरार भएका थिए । हत्या गरिएका वाईबा सुडालस्थित आफ्नै घरमा किराना र मदिराको पसल संचालन गर्दै आएका थिए ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.