कोभिड–१९ सङ्क्रमण पुष्टि भएका सञ्चारकर्मीलाई सहयोग - pharaksandesh.com

मुख्य समाचार


Friday, 16 October 2020

कोभिड–१९ सङ्क्रमण पुष्टि भएका सञ्चारकर्मीलाई सहयोग


बर्दिबास, ३० असाेज :
महोत्तरीका कोभिड–१९ सङ्क्रमण पुष्टि भएका सञ्चारकर्मीलाई प्रेस सङ्गठन नेपाल प्रदेश २ ले सहयोग गरेको छ ।

प्रेस सङ्गठन नेपाल प्रदेश २ समितिले सङ्क्रमण पुष्टि भएर ‘होमआइसोलेसन’ मा रहेका सञ्चारकर्मीलाई प्राथमिक स्वास्थोपचार र पौष्टिक आहारका लागि १० हजार नगद सहयोग गरेको हो ।

सङ्गठनका प्रदेश २ संयोजक हिरालाल चौधरीले सङ्गठनको महेत्तरी जिल्ला संयोजक राजकरण महतोलाई शुक्रवार सहयोग रकम हस्तान्तरण गर्नु भएको हो ।

महोत्तरीका आठ जना सञ्चारकर्मीमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । जसमध्ये दुई जना सङ्क्रमणमुक्त भइसक्नु भएको छ भने अन्य छ जना अहिले ‘होमआइसोलेसन’ मा रही स्वास्थ्यलाभ गरी रहनु भएको सङ्गठन महोत्तरीका संयोजक राजकरण महतोले बताउनुभयो ।

अप्ठ्यारो समयमा सङ्गठनका प्रदेश २ संयोजक चौधरीले देखाउनु भएको चासोले स्वास्थ्यलाभ गरिरहेका सञ्चारकर्मीमा हौसला र आत्मबल थपिएको छ । “रकम धेरथोरको कुरा भएन, हामी अप्ठ्यारोमा परेका बेला सङ्गठनले सम्झेको छ” संङ्क्रमणपछि ‘होमआइसोलेसन’ मै रही स्वास्थ्यलाभ गरिरहनु भएकी कान्तिपुरकर्मी सुनिता बरालले भन्नुभयो–, “यो सहयोगले हाम्रो सम्झना गर्नेछन् भन्ने सन्देसले उर्जा दिएको छ ।”

अहिले ‘होमआइसोलेसन’मा रही स्वास्थ्यलाभ गरिरहेका जिल्लाका सञ्चारकर्मीको स्वास्थ्य अवस्था सामान्य उन्मुख रहेको प्रेस सङ्गठन नेपाल, महोत्तरीले जनाएको छ ।

यसैबीच सङ्गठनका प्रदेश–२ संयोजक चौधरीले आवश्यकताअनुसार थप सहयोगका लागि पहलकदमी गरिने बताउनु भएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.