विराटनगर, २७ असाेज : सट्टाबाजीमा हारेको पैसाँ असुल्न विराटनगरका पिन्टु भनिने सञ्जय सिंहलाई बन्धक बनाएर कुटपिट भएको छ । सन्जयले रोनाल कँडेलको समूहले कृष्ण होटलको कोठामा बिहीबार राति बन्धक बनाएर कुटपिट गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा स्टाटस राखेका छन् ।
केही दिन अगाडि सट्टाबाजमा कँडेलको समूहले १४–१५ लाख रुपैयाँ हारेको स्रोतको दाबी छ । कँडेल नेपाली कांग्रेस निकट तरुण दल विराटनगरका नेता हुन् । ‘पैसाँ असुल्न कँडेलका समूहले कृष्ण होटलमा बन्धक बनाएर कुटपिट गर्दै तीन वटा चेकमा ८ लाख रुपैयाँ दरले असोज १५ र २१ गते मिति उल्लेख गर्दै लिएर गएको सञ्जयले राखेको स्टाटसमा उल्लेख छ ।’ सञ्जयलाई कुटपिट गर्न विराटनगरमा सुनचाँदीको व्यापार गर्दै आएका विकास सोनीको गाडी लिएर गएका थिए । रोनालले गाढी मागेपछि विकासले पनि सहज रूपमा दिएका थिए । सन्जयमाथि सट्टाबाजी खेलाउने गरेको आरोप छ ।
कँडेलले कुटपिट गरेपछि होटलको खर्च तिर्न भन्दै भोलिपल्ट बिहान ५० हजार रुपैयाँ मागेको फेसबुक पोस्टमा उल्लेख छ । पैसा दिने बाहनामा आफू भागेर बचेको सिंघलले उल्लेख गरेका छन् । प्रहरी स्रोतका अनुसार इण्डियन प्रिमियर लिग (आईपीएल) मा सट्टेबाजी लगाउँदा हारेको रकम उठाउनका लागि सिंघलमाथि कुटपिट भएको देखिन्छ । सिंघल र कँडेल दुवै जना सट्टेबाजका खेलाडी रहेको प्रहरी दाबी छ ।
सट्टेबाजीमा पैसा हारेपछि दुई जनाबीच हिसाब नमिल्दा घटना भएको हुनसक्ने बताइएको छ । घटनाको विषयमा बुझन प्रहरीले सञ्जय सिंह र व्यापारी बिकास सोनीलाई मोरङ प्रहरीमा ल्याएर अनुसन्धान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिनुभयाे ।

No comments:
Post a Comment