बदाम खानाले शरिरको भाइरस संक्रमण तथा फ्लूसँग लड्न मद्धत गर्छ । बदामको बाहिरी भागमा प्राकृतिक रूपमा नै रोगप्रतिरोधी क्षमताको विकास गर्ने रसायन पाइन्छ । बदामको बाहिरी भागसंगै बदाम खानाले सेतो रक्तकोषिकाको वृद्धि हुन्छ ।
बदामको गुदीमा पेट सफा राख्ने, पिसाब खुलाउने, शरीरलाई पोषण दिने, दुखाइ कम गर्ने, शरीरको भित्री भाग सुन्निएर वा चिलाएर दुखेको भए त्यसलाई निको पार्ने, नसाहरूलाई सक्रिय राख्ने क्षमता रहेको हुन्छ । बदामको तेल मीठो र शीतलता प्रदान गर्ने खालको हुनुको साथै यसमा मांसपेशीहरूलाई बाउँडिनबाट बचाउने क्षमता हुन्छ ।
हाडे बदाम अत्यन्तै पोषिलो हुने भएकाले गर्भवती महिलाहरूका लागि एकदमै उपयुक्त शक्तिको स्रोत मानिन्छ । हामीले के खाने के नखाने भन्नेबारे आवश्यक जानकारी नहुनाले हाम्रो स्वास्थ्यमा पनि ठूलो असर परेको देखिन्छ ।
आज यस्ता अनेकौं पौष्टिकतत्व भएका फलफूलहरू छन् तर हामीले सेवन गर्न र यसका फाइदा के के छन् भन्नेबारे जानकारी नहुनाले फाइदा लिन सकेका छैनौं । आज मैले हाडे बदाम लगायत अन्य पौष्टिक फलफूलबारेमा प्रकाश पार्ने जमर्को गर्दैछु ।
बदाम खानुका फाइदाहरू
१. दैनिक बदाम खानाले शरीरको प्रतिरोधक क्षमतामा वृद्धि गर्छ । यदी बदामको सेवन दैनिक गर्नाले दिनभर शक्ति र उर्जा दिन्छ ।
२. बदाममा प्रसस्त पोषकतत्व पाइन्छ, जसले स्मरणशक्ति बढाउन र मष्तिष्कको विकासको लागि फाइदाजनक हुन्छ । बदाम बढिरहेका बच्चाहरूका लागि निकै लाभदायक हुन्छ । बदाममा म्याग्नेसियम पनि हुन्छ, जसले हृदयघात रोक्न मद्दत गर्छ ।
३. बदाम एलडीएल कोलस्टोरेललाई कम गर्छ । यसमा रहेको मोनोस्याचुरेटेड फ्याट मुटुको बिमारीलाई कम गर्नमा राम्रो भुमिका खेल्दछ । बदाममा रहेको भिटामिन ई पाइने एण्टी-अक्सिडेन्ट गुणका कारण यसको सेवनले एलडिएल कोलेस्टेरोलको स्तर घट्छ र मुटुको रोग हुने खतरा कम हुन्छ ।
४. बदाममा प्रोटिनको मात्रा अधिक हुन्छ । प्रोटिनको आवश्यक पुरा गर्न नित्य बदामको सेवन गर्नाले राम्रो फाइदा हुनेछ ।
५. बदामको नियमित सेवन गर्नाले सेक्स कमजोर हटाउन समेत राम्रो काम गर्दछ । सेक्स पावर बढाउन औषधि होइन बदाम खाउ भन्ने हाम्रो आग्रह छ ।
६. महिलाहरूमा सेक्स चाहना कम हुने भएमा नित्य दुधसंग बदाम दिनाले सेक्स इच्छा जगाउदछ । आजकल अधिकांश महिलाहरूमा यो समस्या देखिन थालेको गुनासाहरू सुनिन थालेको छ ।

No comments:
Post a Comment