पछिल्लो २४ घण्टामा थप २६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, १२ जनाको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 14 October 2020

पछिल्लो २४ घण्टामा थप २६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, १२ जनाको मृत्यु


काठमाडौँ, २८ असाेज :
पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३८ जनामा कारोना भाइरसको संक्रमण पुष्टी भएको छ । देशभरबाट १३ हजार ९ सय ४७ जनाको पिसिआर परीक्षण गरिएकोमा २ हजार ६ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

नेपालमा हालसम्म १२ लाख २१ हजार ३८ जनाको पीसीआर परीक्षण गरिएकोमा १ लाख १७ हजार ९ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घन्टामा काठमाडौँमा ९ सय ९६, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ गरी काठमाडौँ उपत्यकामा १ हजार ४ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयमा अनुसार आज थप २ हजार १ सय ७४ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार आज २ हजार १ सय ७४ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै कोरोना संक्रमणबाट मुक्त भई घर फर्किनेको संख्या ८० हजार ९ सय ५४ पुगेको छ । 

कोरोना भाइरसको संक्रमणबाट आज सुनसरीमा तीन जना, झापा, काठमाडौँ, र रुपन्देहीमा दुई दुई जना र ललितपुरमा एक जना गरी १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६७५ पुगेको छ । 

मन्त्रालयका अनुसार देशभर ३०५ जनाको आइसियुमा र ७० जनाको भेण्टिलेटरमा उपाचार भइरहेकोे छ । हाल, नेपालमा ३६ हजार ३ सय ६७ जना सक्रिय सङ्क्रमित छन् । यस्तै, ४ हजार ६ सय ६६ जना क्वरेण्टीनमा छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.