पछिल्लो २४ घण्टामा थप ३७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, १८ जनाको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Monday, 19 October 2020

पछिल्लो २४ घण्टामा थप ३७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, १८ जनाको मृत्यु


काठमाडौँ, ३ कात्तिक :
पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ९० जनामा कारोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ हजार ३ सय ३५ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् । आज कोरोना भाइरसको संक्रमणबाट थप १८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससम्बन्धि सामाग्रीकासाथ साथी सरोज रिजाल ।

पछिल्लो २४ घण्टामा देशभरबाट १५ हजार ७ सय १४ जनाको पिसिआर परीक्षण गरिएकोमा ३ हजार ७ सय ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म १३ लाख ९ सय १८ जनाको पीसीआर परीक्षण गरिएकोमा १ लाख ३६ हजार ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घन्टामा काठमाडौँमा २ हजार ८, भक्तपुरमा ९९ र ललितपुरमा २८१ गरी काठमाडौँ उपत्यकामा २ हजार ३ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयमा अनुसार आज थप २ हजार ३ सय ३५ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै कोरोना संक्रमणबाट मुक्त भई घर फर्किनेको संख्या ९४ हजार ५०१ पुगेको छ । 

कोरोना भाइरसको संक्रमणबाट आज १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ । मन्त्रालयका अनुसार देशभर २८२ जनाको आइसियुमा र ६३ जनाको भेण्टिलेटरमा उपाचार भइरहेकोे छ । हाल, नेपालमा ४० हजार ७ सय ७८ जना सक्रिय सङ्क्रमित छन् । यस्तै, ४ हजार ४ सय ७० जना क्वरेण्टीनमा छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.