स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बिहीबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३२१५ जना डिस्चार्ज भएसँगै १ लाख २ हजार ८ सय २० संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये ६९.२ प्रतिशत निको भएका छन् ।
पछिल्लो २४ घण्टामा ३६३७ जना संक्रमित भएको प्रा.डा. गौतमले जानकारी दिनुभयो । बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १५२५५ जनाको पीसीआर परीक्षण गर्दा ३६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
उपत्यकामा मात्रै १५५२ जना संक्रमित भएका छन् । काठमाडौंमा १२८३, भक्तपुरमा ११२ ललितपुरमा १५७ जना संक्रमित भए ।

No comments:
Post a Comment