काठमाडाैँ, ३० असाेज : नेपाल चिकित्सक सङ्घले कोरोना सङ्क्रमितका लागि आवश्यक पर्ने आईसीयू बेडहरु, भेन्टिलेटर, अक्सिजन, रेम्डिसिभिरलगायत अत्यावश्यक औषधिहरुको सहज उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
सङ्घका महासचिव बद्री रिजालले शुक्रबार विज्ञप्ति निकालेर कोरोना सङ्क्रमणको दर बढिरहेको तर सरकारको तयारी नबढेको भन्दै तत्काल अत्यावश्यक पूर्वाधार र औषधिको सहज उपलब्ध गराउन आग्रह गर्नुभएको हो ।
महासचिव रिजालले विज्ञप्तिमार्फत काठमाण्डाैसहित देशभर कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि औषधि र पूर्वाधार अभाव हुँदा सङ्क्रमित सडकमा भौतारिरहनुपरेको खबरले आफूहरुको ध्यानाकर्षण भएको बताउनुभएको छ ।
नेपालमा अहिलेसम्म एक लाख २१ हजारभन्दा धेरै व्यक्तिमा कोरोना पुष्टि भइसकेको छ । त्यसमध्ये अहिलेसम्म झण्डै सात सय जनाले ज्यान गुमाइसकेका छन् ।
No comments:
Post a Comment