काठमाडौं, २९ असाेज : राष्ट्रपति बिद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथग्रहण गराउनु भएको छ ।
राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा आज नवनियुक्त तीन जना मन्त्रीले शपथ ग्रहण गर्नु भएको हो ।
राष्ट्रपति भण्डारीले अर्थमन्त्री- विष्णु पौडेल , शहरी बिकास मन्त्री- कृष्ण गोपाल श्रेष्ठ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री- लिलानाथ श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भयो ।
समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली , सवैधानिक अंगका प्रमुख र अन्य बिशिष्ट ब्यक्तिहरुको उपस्थिति थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा मौजुदा मन्त्रिपरिषदमा हिजो नियुक्ति, हेरफेर र कार्य विभाजन गर्नुभएको हो ।
हिजो भएको पुनर्गठन अनुसार उप-प्रधानमन्त्री इश्वर पोखरेलले सम्हाल्दै आउनुभएको रक्षा मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीले समाल्नु भएको छ भने उपप्रधानमन्त्री इश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको जिम्मेवारी तोकिएको छ ।
यसअघि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रहनु भएका पार्वत गुरुङ संचार तथा सुचना प्रविधि मन्त्री नियुक्त हुनु भएको छ ।
No comments:
Post a Comment