काठमाडाैँ, २१ कात्तिक : सत्तारुढ दल नेकपाका नेता भीम रावलले पार्टीको राजनीतिक समस्यामा राष्ट्रपति सक्रिय भएको भन्दै यसलाई पदको मर्यादा र गरिमाको उल्लङ्घनको संज्ञा दिनुभएको छ ।
आज बिहान ट्वीट गर्दै उहाँले पार्टीको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिँदै राष्ट्रपति सक्रिय रहनु पदको मर्यादा र गरिमाको उल्लङ्घन भएको टिप्पणी गर्नुभएको हो ।
‘नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिँदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ’ उहाँले उल्लेख गर्नुभएको छ,‘यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन, स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ ।
पार्टीभित्र विवाद चर्किएका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम, बुधबार गृहमन्त्री एवं सचिवालय सदस्य रामबहादुर थापा र त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शितल निवासमा छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।

No comments:
Post a Comment