पुनर्कर्जाका लागि सबैभन्दा धेरै माग होटल क्षेत्रबाट - pharaksandesh.com

मुख्य समाचार


Friday, 6 November 2020

पुनर्कर्जाका लागि सबैभन्दा धेरै माग होटल क्षेत्रबाट


काठमाडौं, २१ कात्तिक :
कोभिड प्रभावित उद्योग व्यवसायका लागि प्रवाह गर्न लागिएको पुनर्कर्जा वितरण अन्तिम चरणमा रहेको केन्द्रीय बैंकले जनाएको छ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा व्यवस्था भए बमोजिम कोभिडबाट वढी प्रभावित क्षेत्रका लागी सहज ढंगबाट पुनर्कर्जा उपलव्ध गराउन केन्द्रीय बैंक यतिबेला प्राप्त निवेदनको मूल्याङ्क गरि स्वीकृत गर्ने चरणमा रहेको छ।

आगामी मंसिर महिनामा ठूलो परिमाणमा पुनर्कर्जा प्रभाव हुने प्रक्रियामा रहेको केन्द्रीय बैंकले जनाएको छ। अहिले सम्म १ खर्ब १३ अर्बको पुनर्कर्जा माग आएको केन्द्रीय बैंकको भनाइ छ।

पुनर्कर्जाका लागी सबै भन्दा बढी माग होटल क्षेत्रको रहेको छ।

चालु आर्थिक बर्षमा हाल सम्म ५ अर्ब रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको छ।

चालु आर्थिक वर्षमा २ खर्व १२ अर्ब रुपैयाँ सम्म पुनर्कर्जा दिन सकिने व्यवस्था केन्द्रीय बैंकले गरेको छ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.