बेलायतमा फेरि लकडाउन गर्ने प्रधानमन्त्रीको घोषणा - pharaksandesh.com

मुख्य समाचार


Sunday 1 November 2020

बेलायतमा फेरि लकडाउन गर्ने प्रधानमन्त्रीको घोषणा


लन्डन, १६ कात्तिक :
बेलायतमा कोरोनाभाइरसका नयाँ संक्रमितहरूको संख्यामा दिनहुँ वृद्धि हुन थालेपछि त्यहाँ देशव्यापी दोस्रो लकडाउन लागू गर्न लागिएको घोषणा प्रधानमन्त्री बरिश जोनशनले गर्नुभएको छ ।

एक महिना लामो नयाँ लकडाउन आगामी बिहीवारदेखि शुरू भएर डिसेम्बर २ सम्म लागू हुनेछ। कोरोना संक्रमणका कारण देशको राष्ट्रिय स्वास्थ्य निकाय (एनएचएस)माथि दबाब नपरोस् भन्नका लागि पुन: लकडाउन गर्नुपरेको प्रधानमन्त्री जोनशनले बताउनुभएको छ। उहाँका अनुसार चार हप्ताका लागि देशभरका रेष्टुरेन्टहरू, जिमखानाहरू र अत्यावश्यकबाहेका पसलहरू लकडाउन अवधिभर बन्द रहनेछन्। तर यसअघि लागू गरिएको लकडाउनमा जस्तो विद्यालय, क्याम्पस र विश्वविद्यालयहरू बन्द हुनेछैनन्।

डिसेम्बर २ पछि भने प्रतिबन्धहरू फुकुवा गरिने र स्थान हेरी चरणबद्ध रुपमा प्रतिबन्धहरू लागू गरिने प्रधानमन्त्री जोनशनले जनाउनुभएको छ। बेलायतमा कोरोनाका कारण हालसम्म ४६ हजार ६६५ जनाको ज्यान गइसकेको छ भने संक्रमितको संख्या १० लाख नाघिसकेको छ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.