भीमेश्वर नगरपालिकाले अत्यावश्यक बाहेक अन्य सेवाहरु बन्द गर्‍यो - pharaksandesh.com

मुख्य समाचार


Sunday 1 November 2020

भीमेश्वर नगरपालिकाले अत्यावश्यक बाहेक अन्य सेवाहरु बन्द गर्‍यो


दोलखा, १६ कात्तिक :
कर्मचारीहरु कोरोना संक्रमित भएपछि दोलखाको भीमेश्वर नगरपालिकाले अत्यावश्यक बाहेक अन्य सेवाहरु बन्द गरेको छ ।

कर्मचारी तथा नगरबासीमा कोरोनाको सक्रमण बढ्दै गएपछि नगरपालिकाले सुचना जारी गदै अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरेको जनाएको हो । नगर क्षेत्रमा कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिरहेको र नगरवासी लगायत नगरपालिकाका कर्मचारी समेत संक्रमित बनेको भन्दै सेवा अवरुद्ध गरेको नगरपालिकाले जनाएको हो ।

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर घरभित्रै बस्न र अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन नगरपालिकाले आग्रह समेत गरेको छ । दोलखामा दशैको समयमा मानिसहरुको आवातजावत बढेपछि कोरोना संक्रमितको सङ्ख्या पनि बढेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.