हेलिकाेप्टरमा चिल ठोकियो, नुवाकोटमा आपतकालीन अवतरण - pharaksandesh.com

मुख्य समाचार


Sunday, 29 November 2020

हेलिकाेप्टरमा चिल ठोकियो, नुवाकोटमा आपतकालीन अवतरण


पोखरा, १४ मङ्सिर :
बागलुङको गलकोटबाट काठमाडौंका लागि उडेको हेलिकाेप्टरमा चिल ठोक्किएर दुर्घटना भएको छ । काठमाडौंका लागि उडेको कैलाश हेलिकाेप्टर सर्भिसेजको नाइन एनए जेजे हेलिकाेप्टरमा एक्कासि चिल ठोक्किएको थियो ।

चिल ठोक्किएर सिसा फुटेको हेलिकाेप्टरलाई नुवाकोटमा सुरक्षित अवतरण गरिएको छ । आकाशमा उडिरहेको हेलिकाेप्टरमा एक्कासि चिल आएर ठोक्किएपछि अगाडिको सिसा पूर्ण रुपमा फुटेको थियो । गलकोट नगरपालिका– ३ का वडा अध्यक्ष विरजङ्ग भण्डारी, सोही ठाउँका सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गीता मल्ल सवार हेलिकाेप्टरमा चरा ठोक्किएपछि नुवाकोटको बेलकोटगढी गाउँपालिका– ६ मा आकस्मिक अवतरण गरिएको थियो ।

वडा अध्यक्ष भण्डारीले उडिरहेको हेलिकाेप्टरमा चरा ठोक्किएपछि पाइलटले सुरक्षित अवतरण गराएकाले आफूहरु सुरक्षित रहेको बताउनुभयो । ‘हेलिकाेप्टरमा एक्कसि चिल ठोक्कियो, पाइलटले सुरक्षित रुपमा फोर्स ल्याण्डिङ गर्नुभयो, आफ्नो हात र खुट्टामा सामान्य चोट लागे पनि सबै सुरक्षित छौं ।’ भण्डारीले भन्नु्भयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.