बेनी, १४ मंसिर : पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२, को काफलचौर जीप (बोलेरो) दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले दिएको जानकारी अनुसार प्रदेश २–०३, ००१ च ०२५२ नम्बरको बोलेरो दुर्घटना हुँदा चालक सहित ६ जना घाइते भएका छन् । भर्जुलादेखि ताराखेत तर्फ आउँदै गरेको गाडी ताराखेत–भर्जुला सडकखण्डको काफलचौरमा दुर्घटना भएको थियो । दुर्घटनामा ११ बर्षिया करिस्मा केसीको घटनास्थलमै मृत्यु भएको स्थानिय युवा ध्रुव जिसीले बताउनुभयो ।
मृतक केसी चालक खुमबहादुर कटुवालकी छोरी हुन् । दुर्घटनामा घाइते चालक सहित छ जनालाई थप उपचारका लागि बेनी अस्पतालतर्फ ल्याउँदै गरिएको जिसीले बताउनुभयो । दुर्घटना भएको जानकारी प्राप्त हुनासाथ मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका सहित प्रहरीको टोली पुगेको थियो । चालक कटुवालले तीन महिना अगाडी मात्रै गाडी किन्नुभएको थियो ।

No comments:
Post a Comment