स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने अभियान शुरु - pharaksandesh.com

मुख्य समाचार


Monday, 30 November 2020

स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने अभियान शुरु


काठमाडौं, १५ मङ्सिर :
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभरका सबै स्थानीय तहहरुमा आधारभूत अस्पताल भवनको शिलान्यास गर्दैछ।

आधारभूत अस्पतालका लागि जग्गा प्राप्त गरिसकेका देशभरका ७ सय ५३ वटा स्थानीय तहमा आज एकै पटक शिलान्यास गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

जग्गा प्राप्त नभएका स्थानहरुमा भने छिटै जग्गा प्राप्तिका लागि प्रक्रिया शुरु गरिने भएको छ।

देशभरका ३ सय ९६ वटा स्थानीय तहमा एकैपटक आधारभुत स्वास्थ्य केन्द्र शिलान्यास गर्ने सरकारको अभियान अन्तर्गत आज धेरै स्थानमा अस्पतालको शिलान्यास भएको छ भने कतिपय स्थानमा अझै शिलान्यास गर्ने कार्यक्रम जारी छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.