निरन्तर ओरालो लाग्दै सुनको मुल्य - pharaksandesh.com

मुख्य समाचार


Monday, 30 November 2020

निरन्तर ओरालो लाग्दै सुनको मुल्य


काठमाडौं, १५ मङ्सिर :
स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः ओरालो लागेको छ ।

आज सुनको मूल्य प्रतितोला रु ७०० ले ओरालो लागेको छ । यही मङ्सिर १ गतेदेखि लगातार ओरालो लागेको सुन आजसम्म आइपुग्दा रु पाँच हजार १०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

छापावाला सुन आज प्रतितोला रु ९० हजारमा कारोवार भएको छ ।

आइतबार छापावाला सुन प्रतितोला रु ९० हजार ७०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आज प्रतितोला रु ८९ हजार ५५० मा कारोवार भएको छ । आइतबार प्रतितोला रु ९० हजार २०० मा कारोवार भएको थियो ।

आइतबारको तुलनामा तेजाबी सुन प्रतितोला रु ६५० ले घटेको हो । यस्तै चाँदीसमेत आज प्रतितोला रु ३० ले घटेको छ ।

आइतबार प्रतितोला रु एक हजार १५० मा कारोवार भएको चाँदी आज प्रतितोला रु एक हजार १२० मा खरीदबिक्री भएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.