व्यक्तिगत स्वार्थले पार्टी विभाजन गर्न खोज्नेहरूसित असहमति जनाउँदै एकतालाई बचाऔँः पोखरेल - pharaksandesh.com

मुख्य समाचार


Monday 2 November 2020

व्यक्तिगत स्वार्थले पार्टी विभाजन गर्न खोज्नेहरूसित असहमति जनाउँदै एकतालाई बचाऔँः पोखरेल


काठमाडौं, १७ कात्तिक :
उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकताका बेला गरिएको सहमतिविपरीत पूर्वसमूहभित्रको गुटगत आबद्धतालाई समाएर समीकरणको खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको बताउनुभएकाे छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो प्रतिक्रिया सार्वजनिक गर्नुभएकाे हाे ।

उहाँले लेख्नुभयाे, ‘जेसुकै होस्, पार्टी एकताका वेला गरिएको सहमतिविपरीत पूर्वसमूहभित्रका गुटगत आबद्धतालाई समाएर समीकरणको खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो । यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले वेलैमा चिनौँ, खबरदारी गरौँ । व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूसित असहमति जनाउँदै पार्टी एकतालाई बचाऔँ ।’

उहाँले व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूसित असहमति जनाउँदै पार्टीको एकता बचाउनुपर्नेमा जोड दिनुभएकाे छ ।


No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.