काठमाडौं, २२ कात्तिक : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच सचिवालय सदस्यहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नुहुनेछ। प्रधानमन्त्री ओलीसँग भेट्नुअघि उहाँहरु धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा अनौपचारिक छलफलमा हुनुहुन्छ ।
धुम्बाराहीको छलफल सकिएपछि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पुगेर ओलीसँग छलफल हुनेछ ।
शुक्रबार पनि धुम्बाराहीमै बसेका सचिवालयका पाँच सदस्यहरुले पार्टी अध्यक्षसमेत ओलीलाई भेटेर सचिवालय बैठक बोलाउन आग्रह गर्ने निष्कर्ष निकाल्नुभएकाे थियाे ।
सचिवालयका नौमध्ये पाँच नेता (प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ) सहभागी शुक्रबारको अनौपचारिक बैठकले ओलीलाई भेटेर सचिवालयको औपचारिक बैठक बोलाउन सामूहिक आग्रह गर्ने निष्कर्ष निकालेको थियो ।
कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको शुक्रबारको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँगै सचिवालय सदस्यहरु ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा बादल सहभागी हुनुभएकाे थिएन ।

No comments:
Post a Comment