भूटानी शरणार्थी शिविरमा कोरोना पोजिटिभ देखिएपछि कडाइ - pharaksandesh.com

मुख्य समाचार


Saturday, 7 November 2020

भूटानी शरणार्थी शिविरमा कोरोना पोजिटिभ देखिएपछि कडाइ


झापा, २२ कात्तिक :
झापाको भूटानी शरणार्थी शिविरमा कोरोना पोजिटिभ देखा परेसँगै आज देखि त्यस क्षेत्रमा कडाई गरिएको छ ।

बाक्लो जनघनत्व भएको दमकको वडा नं। ३ मा पर्ने बेलडाँगी शरणार्थी शिविरमा कार्तिक २२ गते देखि मंसीर २ गतेसम्म दिनमा दुई पटकको समय ३ घण्टा मात्र खुल्ला गरिने निर्णय गरिएको छ । विहान ८ बजे देखि १० र वेलुका ३ बजे देखि ४ बजेसम्म अति आवश्यक कामका लागि खुल्ला गरिएको भूटानी शरणार्थी शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ । शिविरभित्र विना काम तोकिएको मापदण्ड, समय भन्दा बाहिर सवारी साधान प्रयोग गरिए नियन्त्रण समेत लिने गरी निर्णय गरिएको छ ।

शरणार्थी शिविरका एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भए पछि कडाइ गरिएको हो । शरणार्थी शिविर बेलडाँगीमा भित्र अहिले झण्डै ५ हजार हाराहारीमा जनसंख्या रहेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.