संखुवासभा, २६ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संखुवासभास्थित चीनसँग जोडिएको किमाथाङ्का नाकाको अनुगमन गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले त्यहाँ रहेको शसष्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) को निरिक्षण गर्नुभयो ।
किमाथाङ्काको अनुगमन भ्रमणपपछि प्रधानमन्त्री ओली आजै अरुण तेस्रो जलविद्युत् आयोजनास्थलमा समेत जानुभयो ।
अरुण तेर्स्रो जल विधुत परियोजना, मकालु गाउँपालिकामा निर्माण भैरहेको राष्ट्रिय गौरवको आयोजनामध्ये पर्दछ ।

No comments:
Post a Comment