काठमाडाैँ, २६ कात्तिक : कोरोना परीक्षण र संक्रमितको उपचारमा स्रोतको अभाव हुन नदिने निर्णय गरेकाे छ ।
विश्वबजारमा कोभिड–१९ को खोप उपलब्ध हुनेबित्तिकै आपूर्ति सुनिश्चित गर्न आवश्यक कूटनीतिक र अन्य पहल गर्ने विषयमा अर्थमन्त्री र स्वास्थ्यमन्त्रीबीच छलफल भएको थियो ।
सोमबारको मन्त्रिपरिषद् बैठकले खोप आयातको प्रक्रिया तत्काल सुरु गर्न आवश्यक बजेटलगायत विषयलाई सहजीकरण गर्न अर्थ, स्वास्थ्य र परराष्ट्र मन्त्रालयका सचिव सम्मिलित कार्यदलसमेत गठन गरेको छ । खोप आयातका लागि आवश्यक बजेट अर्थ मन्त्रालयले व्यवस्था गर्ने निर्णयसमेत भएको छ ।
त्यस्तै, कोरोना परीक्षण र संक्रमितको उपचारमा स्रोतको अभाव हुन नदिने निर्णयसमेत अर्थमन्त्रीले गरेका छन् । सोमबार मन्त्रिपरिषद् बैठकले कोरोनाको उपचार निःशुल्क गर्ने निर्णय गरेसँगै त्यसमा लाग्ने स्रोतको व्यवस्थापन गर्ने मन्त्री पौडेलले बताए । ‘जनताको जीवन र जीविका रक्षाका लागि सरकारले स्रोतको अभाव हुन दिनेछैन,’ मन्त्री पौडेलले नयाँ पत्रिकासँग भने ।

No comments:
Post a Comment