नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच दुई देशको सम्बन्धबारे छलफल - pharaksandesh.com

मुख्य समाचार


Monday, 23 November 2020

नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच दुई देशको सम्बन्धबारे छलफल


काठमाडाैँ, ८ मङ्सिर :
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत होउयान्छीबीच भेटवार्ता भएको छ ।

अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको भेटमा उहाँहरुबीच दुई देश र दुई देशका कम्युनिष्ट पार्टीको सम्बन्धबारे छलफल भएको छ । भेटका क्रममा राजदूत यान्छीले अध्यक्ष प्रचण्डलाई चीनका राष्ट्रपति सी जिनपिनले लेखेको पछिल्लो किताब उपहार स्वरुप दिनुभएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

उहाँहरुबीच नेकपाभित्र देखिएको पछिल्लो विवादबारे भने खासै छलफल नभएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले उज्यालोलाई जानकारी दिनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.