प्रधानमन्त्री ओली ताप्लेजुङमा - pharaksandesh.com

मुख्य समाचार


Monday, 23 November 2020

प्रधानमन्त्री ओली ताप्लेजुङमा


ताप्लेजुङ, ८ मङ्सिर :
प्रधानमन्त्री के पी शर्मा ओली नेपाल-चीन सीमा क्षेत्रको निरीक्षण लगायतका विभिन्न कार्यक्रममा सहभागी हुन आज पूर्वाञ्चल भ्रमणमा हुनुहुन्छ ।

यही क्रममा प्रधानमन्त्री ओली अहिले ताप्लेजुङको घुन्सा पुग्नु भएको छ ।

प्रधानमन्त्री ओलीले हेलिकप्टरबाट घुन्सा क्षेत्रको निरिक्षण गर्नुभएको छ भने अहिले त्यहाँ आयोजित स्वास्थ्य इकाइ भवनको उद्घाटनको औपचारिक कार्यक्रममा सहभागी हुनुभएको हाम्रा संवाददाता सुवास आचार्यले जनाएका छन ।

ताप्लेजुङको कार्यक्रम सकिएपछि प्रधानमन्त्री ओलीले इलामको पर्यटकीय क्षेत्र सन्दकपुरको अवलोकन भ्रमण गर्नुहुने कार्यक्रम छ ।

प्रधानमन्त्रीले त्यहाँ स्थापना गरिने सिमा सुरक्षा चौकीको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको हाम्रा समाचारदाता सुजन तिमिल्सिनाले जनाएका छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.