सरकारद्वारा कोभिड १९ विरुद्धको खोपसम्बन्धी प्रस्ताव र कार्ययोजना स्वीकृत - pharaksandesh.com

मुख्य समाचार


Thursday, 12 November 2020

सरकारद्वारा कोभिड १९ विरुद्धको खोपसम्बन्धी प्रस्ताव र कार्ययोजना स्वीकृत


काठमाडौं, २७ कात्तिक :
सरकारले कोभिड १९ विरुद्धको खोप प्रयोगका लागि खोपसम्बन्धी प्रस्ताव र कार्ययोजना स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद बैठकको निर्णयहरु सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोभिड १९ महामारीका कारण रोजगारी गुमाएर विदेशबाट स्वदेश फर्किएका युवाहरु तथा स्वदेशमै बेरोजगार रहेका युवाहरुको सबै स्थानीय तहबाट तथ्याङ्क संकलन गरी रोजगार सृजना गर्ने निर्णय भएको जानकारी दिनुभयो । यस्तै कोभिड १९ सम्बन्धी कोषमा मन्त्रिपरिषदका सदस्यहरुको ५० प्रतिशत तलब जम्मा गर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद बैठकले आर्थिक ऐन २०७७ को दफा १८ को उपदफा १ मा रहेका केही करको दरहरु हटाउने र घटाउने निर्णय गरेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.