मसँग भिजन छ तर अर्काको एजेण्डा बोक्नेले संस्थाको विकास गर्दैन : चन्द्र ढकाल - pharaksandesh.com

मुख्य समाचार


Saturday, 28 November 2020

मसँग भिजन छ तर अर्काको एजेण्डा बोक्नेले संस्थाको विकास गर्दैन : चन्द्र ढकाल


काठमाडाैँ, १३ मङ्सिर :
नेपाल उद्योग वाणिज्य महासङ्घमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकालले महासङ्घको नेतृत्वमा पुग्ने व्यक्तिसँग आफ्नै भिजन र एजेण्डा हुनुपर्छ भन्नुभएको छ ।

महासङ्घको जारी साधारण सभाका क्रममा शुक्रबारको बन्द सत्रमा उहाँले भन्नुभयो, ‘कुनै पनि संस्थाको नेतृत्व गर्न जाने व्यक्तिसँग महासङ्घलाई कुशलतापूर्वक हाँक्ने, संस्थाको गरिमालाई उँचो बनाउने र त्यसमा आबद्ध सरोकारवालाको भविष्यलाई सुनिश्चित गर्ने भिजन र एजेण्डा हुनुपर्छ ।’ उहाँको यो मन्तव्यको आशय उहाँका अर्का प्रत्यासीसँग आफ्नै एजेण्डा र भिजन नरहेको र उहाँले चुनावको अन्तिम दिनसम्म पनि आफ्नो नभएर अर्कैको एजेण्डामा रहेको भन्ने थियो । 

त्यस मन्तव्यमा ढकालले भन्नुभयो, ‘म यस संस्थाको नेतृत्वमा आएर आफ्नै भिजन र एजेण्डामार्फत महासङ्घलाई आमूल परिवर्तन गर्दै व्यवसायी साथीहरुको मनोबल उच्च बनाउने र देशमा उद्योगमैत्री तथा व्यवसायमैत्री वातावरण बनाउन सक्छु, मसँग आफ्नै भिजन र एजेण्डा छन्, हामीलाई चाहिएको निजी क्षेत्रका एजेण्डा हुन्, जो हामीले बोकेका छौँ, आउँदा दिनमा यी पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।’ 

उहाँले महासङ्घमा हुने विजय या पराजय सफलता र असफलता होइनन् भन्नुभयो । त्यस क्रममा ढकालले भन्नुभयो, ‘महाधिवेशनपछि पनि हामी टाढा हुने छैनौँ, हाम्रो व्यापार र हाम्रो उद्यमले हामीलाई जोड्ने नै छ ।’
ढकालले आधा शताब्दी लामो गौरवशाली इतिहास बोकेको नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्व गर्नका लागि निजी क्षेत्रको विकास गर्ने एजेण्डा र भिजन भएको वास्तविक व्यवसायी नै आउनुपर्ने बताउनुभएको छ ।

काठमाण्डौमा मङ्सिर ११ गतेदेखि सुरु भएको महासङ्घको ५४ औँ साधारण सभामा बोल्दै ढकालले आम उद्योगी, व्यवसायीको वास्तविक एजेण्डालाई प्राथमिकता नदिएर अरु कसैको आढ भरोसामा उम्मेदवारी दिएका व्यक्तिले महासङ्घलाई नयाँ गति दिन नसक्ने दाबी गर्नुभयाे ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.