बर्दिबास, १३ मङ्सिर: बर्दिबासमा हत्या गरिएकी ६ वर्षीया बालिकाको शव चार दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको शव गृहमा नै रहेको छ । उनका परिवारले अझै शव बुझ्न मानेका छैनन् ।
बालिकाको शवको मङ्सिर ९ गते नै पोस्टमार्टम भइसकेको प्रादेशिक अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. जामुनप्रसाद सिंहले जानकारी दिनुभयो । तर पोस्टमार्टमको पाँच दिन हुँदा पनि मृतकका परिवारले अझैसम्म शव बुझेका छैनन् ।

No comments:
Post a Comment