पछिल्लो २४ घण्टामा थप १७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, २३ जनाको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Friday, 27 November 2020

पछिल्लो २४ घण्टामा थप १७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, २३ जनाको मृत्यु


काठमाडौं, १२ मङ्सिर :
नेपालमा आज थप १७०३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १०४६० जनाको पीसीआर परीक्षणमा १७०३ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा १२३६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख १० हजार ६ सय ७१ जना छन् । नेपालमा निको हुने दर ९१ दशमलव ९ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १४३५ रहेको छ । संक्रमितमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा ८२२ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा ५९९, भक्तपुरमा ६३ र ललितपुरमा १६० जना संक्रमित थपिए ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.