गण्डकी प्रदेशमा थपिए ६२ संक्रमित - pharaksandesh.com

मुख्य समाचार


Sunday 1 November 2020

गण्डकी प्रदेशमा थपिए ६२ संक्रमित


काठमाडाैँ, १६ कात्तिक :
गण्डकी प्रदेशमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आइतबार बिहान सार्वजनिक गरेको विज्ञप्तिअनुसार थपिएका संक्रमितमध्ये कास्कीका ३८, तनहुँमा ११ र गोरखाका पाँचजना छन् । 

यस्तै बागलुङमा तीन, लमजुङमा दुई जना, नवलपुरमा दुई र स्याङ्जामा एकजनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएकाे छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार तीन सय ७८ पुगेको छ । 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.