जुवा खालबाट पूर्वराज्यमन्त्री खोभारी रायसहित १० जना पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Sunday 1 November 2020

जुवा खालबाट पूर्वराज्यमन्त्री खोभारी रायसहित १० जना पक्राउ


काठमाडाैँ, १६ कात्तिक :
पूर्वराज्यमन्त्री खोभारी राय जुवाखालबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भुले उनलाई शनिबार साँझ काठमाडौं–१६ बिजेश्वरीबाट पक्राउ गरेको हो।

उनीसहित १० जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए । 

खालबाट एक लाख ५३ हजार पाँच सय र सात बुक तास प्रहरीले बरामद गरेको छ । भाडामा लिइएको फ्लाटमा नियमित रुपमा जुवा खेलाइने गरेको सूचनाका आधारमा प्रहरीले छापा हान्दा रायसहित १० जना पक्राउ परेका हुन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.