बेलायतले कोरोना विरुद्धको खोप थप २० लाख डोज खरिद गर्ने - pharaksandesh.com

मुख्य समाचार


Monday, 30 November 2020

बेलायतले कोरोना विरुद्धको खोप थप २० लाख डोज खरिद गर्ने


काठमाडौं, १५ मङ्सिर :
बेलायत सरकारले हालै कोरोना भाइरसविरुद्ध अमेरिकी कम्पनी मोर्डनाले निर्माण गरिरहेको खोप थप २० लाख डोज खरिद गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । यो सँगै बेलायतले मोर्डनासँग कुल ७० लाख डोज खोप खरिद गर्ने भएको छ ।

मोर्डनाले निर्माण गरेको खोप सन् २०२१ को शुरुवातमै युरोपेली देशहरुमा उपलब्ध हुने अनुमान छ । मोर्डनाले निर्माण गरिरहेको कोरोना विरुद्धको खोप परीक्षणका क्रममा ९५ प्रतिशत प्रभावकारी देखिएको छ ।

मोर्डनासँग खरिद गर्ने खोपले बेलायतका झण्डै ३५ लाख मानिसलाई खोप लगाउन पुग्नेछ । बेलायतले विभिन्न ७ वटा कोरोना खोप उत्पादकसँग ३५ करोड ७० लाख डोज खोप खरिद गर्ने सम्झौता गरिसकेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.