विराटनगरका कोरोना संक्रमित पुरुषको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Monday 2 November 2020

विराटनगरका कोरोना संक्रमित पुरुषको मृत्यु


सुरुङ्गा, १७ कात्तिक :
विराटनगर महानगरपालिका–१२ का कोरोना भाइरस संक्रमित पुरुषको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको छ । न्युरो अस्पतालमा ५३ वर्षीय पुरुषको बिहान ८ः५० बजेतिर मृत्यु भएको हो । अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार स्वाबको पीसीआर परीक्षण गराउँदा कात्तिक ६ गते रिपोर्ट पोजेटिभ आएका पुरुषलाई होम आइसोलेसनमै राखिएको थियो ।

स्वास्थ्यमा समस्या थपिएपछि थप उपचारका लागि न्युरोको कोभिड अस्पतालको आइसोलेसनमा कात्तिक १५ गते भर्ना गरिएको हो । 

प्रशासकीय अधिकृत आचार्यले अस्पताल भर्ना गरेर उपचार थालिएको दुई दिन पनि बित्न नपाउँदै संक्रमिण पुरुषको ज्यान गएको जानकारी दिनुभयाे । उहाँका अनुसार मृतकमा कोरोना संक्रमणसँगै निमोनिया र उच्च रक्तचापको समस्या पनि देखिएको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.