गृहमन्त्री थापासँग प्रधानमन्त्रीको छुट्टै भेट - pharaksandesh.com

मुख्य समाचार


Monday 2 November 2020

गृहमन्त्री थापासँग प्रधानमन्त्रीको छुट्टै भेट


काठमाडाैं, १७ कात्तिक :
 नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा सचिवालय सदस्यको छलफलमा सहभागी गृहमन्त्री रामबहादुर थापासँग प्रधानमन्त्री केपी ओलीले अलग्गै छलफल गर्नुभएकाे छ । गृहमन्त्री थापालाई प्रधानमन्त्री ओलीले भेट्न बालुवाटार बोलाएसँगै प्रधानमन्त्री ओलीसँग पनि एक्लै भेटवार्ता भएकाे हाे ।

गृहमन्त्री थापाले खुमलटार पुगेर पार्टी बैठकबाटै समस्याको समाधान खोज्नुपर्ने र त्यसका लागि सबै पक्ष तयार हुनुपर्ने धारणा व्यक्त गरेको स्रोतले बताएको छ। ‘स्थायी समितिको निर्णय लागू गरौं। प्रधानमन्त्रीले बिगार्नुभएकै हो। तर, मन्त्रिमण्डल विस्तार ३ जनाको मात्रै अहिले भएको छ। नयाँ ढंगबाट पुनर्गठन गर्नुपर्छ। नियुक्तिमा राजदूत तीन जनाको मात्र भएको छ अरू बाँकी नै छ। संवैधानिक निकायको नियुक्ति बाँकी छ। त्यसकारण यताबाट पनि ठोस प्रस्ताव लैजानुपर्‍यो।

उता प्रधानमन्त्री ओलीसँग एक्लै भएकाे भेटवार्तामा के कुरा भयाे भन्ने बारेमा केही बताइएकाे छैन ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.