कोरोनाले अमेरिका र यूरोपमा फेरि आतङ्क - pharaksandesh.com

मुख्य समाचार


Thursday 5 November 2020

कोरोनाले अमेरिका र यूरोपमा फेरि आतङ्क


काठमाडौं, २० कात्तिक :
विश्वमा कोरोना भाइरसको संक्रमण पछिल्लो समय अमेरिका र युरोपेली मुलुक व्यापक रुपमा बढेको छ ।

संयुक्त राज्य अमेरिकामा पछिल्लो २४ घन्टामा मात्रै १ लाख भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म ९७ लाख ९४ हजारभन्दा बढी नयाँ संक्रमित भइसकेका छन् । कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या पनि २ लाख ४० हजारको हाराहारीमा छ ।

अमेरिका विश्वमै कोरोनाबाट सबैभन्दा प्रभावित मुलुक हो । कोरोना संक्रमण नियन्त्रणमा लिइसकेका युरोपेली मुलुकहरु बेलायत, फ्रान्स, स्पेन, इटाली र जर्मनीमा पुनः संक्रमण बढेको छ । सबैभन्दा बढी फ्रान्समा संक्रमण बढेको छ । पछिल्लो २४ घन्टामा मात्रै फ्रान्समा ४० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यसै गरी इटालीमा ३० हजार, बेलायत र स्पेनमा २५र२५ हजार र जर्मनीमा २० हजार नयाँ संक्रमित थपिएका छन् ।

भारत र ब्राजिलमा मा भने पछिल्लो समय संक्रमण घटेको छ । भारतमा पछिल्लो २४ घन्टामा ५० हजार नयाँ संक्रमित घटेका छन् । यो संख्या अघिल्लो महिना झण्डै १ लाखको हाराहारीमा थियो । ब्राजिलमा पनि दैनिक संक्रमण २३ हजाराभन्दा बढी छ । यो संख्या ७० हजारको हाराहारीमा थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.