चितवन, २३ कात्तिक : चितवन मेडिकल कलेजमा उपचाररत लमजुङका एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।
मध्य नेपाल नगरपालिका वडा नम्बर २ का ४७ बर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
अस्पतालका अनुसार ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भई अस्पतालमा भर्ना भएका ति पुरुषको कोरोना परीक्षण गर्दा कार्तिक २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
रक्तअल्पत्ता समेत भएका उनको कोभिड आइसीयू कक्षमा भेन्टिलेटरमा राखी उपचार हँुदै आएको थियो ।
आज बिहान ४ बजेर ७ मिनेटमा उनको मृत्यु भएको अस्पतालका प्रेस संयोजक डा. किशोर अधिकारीले जानकारी दिनुभयो ।

No comments:
Post a Comment