सुरुङ्गा, २३ कात्तिक : दिपावली, छठ जस्ता चाँड नजिदै जाँदा झापाका सीमा क्षेत्रमा उल्लेख्य मात्रामा पटाकाजन्य सामग्री बरामद हुन थालेका छन् ।
सीमावर्ती भारतीय बजारबाट लुकाइ–छुपाइ सीमावर्ती नेपाली बजारमा भित्र्याइका प्रतिबन्धित पटाका प्रहरीले नियन्त्रणमा लिने गरेको छ ।
छिल्लो एक सातामा जिल्लाका विभिन्न स्थानबाट प्रहरीले करिब १३ लाख रुपैयाँ मूल्य बराबरका पटाकाजन्य सामग्री बरामद गरेको छ । विशेष स्ुचनाका आधारमा प्रहरीले छापा मारेर पटाका नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाबाट प्राप्त विवरण अनुसार गत मंगलबार प्रहरीले मेचीनगर–१० शान्ति समाज टोलबाट ३ लाख ५० हजार, बुधबार मेचीनगर ५ नकलबन्दाबाट २ लाख, अर्जुनधारा–५ बाट एक लाख र भद्रपुर–५ बाट ३ लाख मूल्य बराबरको पटाका बरामद गरेको छ भने बिहीबार मेचीनगरकै बाहुनडाँगीबाट १ लाख ५० हजार र नकलबन्दाबाट ८० हजार मूल्य बराबरको विभिन्न खाले पटाका बरामद गरेको छ ।
यसैगरी, शुक्रबार हल्दिबारी–४ को चारकोसे जंगलबाट ८० हजार मूल्य बराबरको पटाका बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी राकेश थापाले बरामद गरिएका पटाका सम्बन्धित प्रहरी कार्यालयमा राखिएको र उपयुक्त समयमा नष्ट गरिने बताउनुभयो ।

No comments:
Post a Comment