अछाममा बस दुर्घटना, १ जनाको मृत्यु, १७ जना घाइते - pharaksandesh.com

मुख्य समाचार


Monday, 30 November 2020

अछाममा बस दुर्घटना, १ जनाको मृत्यु, १७ जना घाइते


अछाम, १५ मङ्सिर :
अछाममा बस दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ ।

जिल्ला ट्राफिक कार्यालय अछामका देबेन्द्र खड्काका अनुसार मंगलसेनदेखि धनगढीतर्फ गइरहेको ना ख ९९७२ नम्बरको बस दुर्घटना हुँदा अन्य १७ जना घाइते भएका छन ।

जिल्लाको चौरपाटी गाउँपालिकाको मार्कुमा भएको बस दुर्घटनामा एक जनाको ज्यान गएको हो।

मृत्यु हुनेमा साँफेबगर नगरपालिका वडा नम्बर ३ का १९ बर्षीय निरज कुँवर रहेको जिल्ला ट्राफिक कार्यालय अछामले जनाएको छ।

दुर्घटनामा भएको क्षतिबारे थप विवरण आउन बाँकी छ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.