उपचाररत सुत्केरीको मृत्यु भएपछि अस्पताल तोडफोड - pharaksandesh.com

मुख्य समाचार


Monday, 23 November 2020

उपचाररत सुत्केरीको मृत्यु भएपछि अस्पताल तोडफोड


सिरहा, ८ मङ्सिर :
शनिबार राति सुत्केरीको मृत्यु भएपछि सिरहाको लहानस्थित डिभाइन हेल्थ केयर अस्पताल मृतककाआफन्तले तोडफोड गरेका छन् ।

मृतक सिरहा सुखीपुर नगरपालिका-९ मोहनपुरकी २७ वर्षीया आरती कुमारी साह हुन् ।

तोडफोडका कारण अस्पतालमा रहेका स्वास्थ्य उपकरण, औषधिलगायत फर्निचरहरु नष्ट भएका छन् भने अस्पतालमा कार्यरत कर्मचारीहरु अस्पताल छोडेर भागेका छन् ।

अस्पतालका संचालक समेत रहेका डा. चन्द्रशेखर यादवले मृतक आरतीको शल्यक्रिया गरेको परिवारजनले बताएको छ ।

नवजात शिशुको एउटा निजी अस्पतालको आइसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको शव हालसम्म अस्पतालमै रहेको छ ।

मृतककाआफन्तजनले शल्यक्रियाको क्रममा लापर्वाही भएको भन्दै लापर्वाही गर्नेलाई कारवाही नगरुन्जेल शव नबुझ्ने बताएका छन ।

उनीहरुले अस्पताल विरुद्ध चर्का नारा लगाउँदै चक्काजाम समेत गरेका छन् ।

इलाका प्रहरी कार्यालय लहानले घटनाको अनुसन्धान भइरहेको जनाउँदै दोषीलाई कार्वाही गरिने जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.